पत्रकार आचारसंहिता २०७२ लागु हुने अन्तिम तयारीमा
काठमाडौं, माघ ८ गते । प्रेस काउन्सिल नेपालले विद्यमान पत्रकार आचारसंहिता २०६० ले न्यू मिडियालाई समयानुकुल सम्बोधन गर्न नसकेको ठहर गर्दै परिमार्जन गर्ने तयारी गरेको छ ।
यसअघिको आचारसंहिताले छापामाध्यमको सञ्चारमाध्यमलाई मात्र केन्द्रीत गरी तयार पारिएकाले रेडियो, टेलीभिजन, अनलाईन तथा सामाजिक सञ्जालसहित न्यू मिडियालाई सम्बोधन गर्नेगरी नयाँ आचारसंहिता तयार भइरहेको काउन्सिलले...